१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भरतपुरमा भूमिगत विद्युतको काम सुरु

 शनिबार, भदौ १८ २०७९  

काठमाडौं । भरतपुरमा विद्युतका तारहरुलाई भूमिगत बनाउन सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा विद्यतु वितरण प्रणालीलाई भूमिगत बनाउन लागेको हो ।

शनिबार उक्त आयोजनाको शिलान्यास नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् । विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यो वितरण प्रणालीलाई सुरक्षित र गुणस्तरीयसहितको सहज सेवाका लागि वातावरण बनाउन आवश्यक रहेको बताए । भरतपुरमा मात्र नभइ चितवन जिल्लालाई नै भूमिगत प्रणाली लैजानुपर्ने धारणा राखे । भरतपुरले देशभर विकासको मोडल पेश गर्नुपर्ने अवस्था आइपुगेको उनले उल्लेख गरे ।

वितरण प्रणालीलाई भूमिगत तथा सृदृढीकरण र अटोमेशन गर्ने उद्देश्यले तारहरुलाई भूमिगत गर्न लागिएको आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्र कुमार झाले बताए ।

नेपाल सरकारले काठमाण्डौँ पोखरा र भरतपुरका मुख्य सहरका विद्युतीय तारलाई भूमिगत गर्ने गरी एकैपटक बजेट विनियोजन गरेको थियो। काठमाडौँ र पोखरामा यस काम अघि सुरु भइसकेको छ। भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजना प्रमुख झाका अनुसार, पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । यही फाउण्डेशनमा इन्टरनेट र केवल टेलभिजनका तार पनि भूमिगत हुनेछ । द्युतिय तार भूमिगत गर्न सडक निर्माणसँग सम्बन्धित रहेकाले सडकसँगको समन्वयमा काम गर्ने उनले बताए। पहिलो चरणको सुरुवात भरतपुर ओरालोस्थित भरतपुर महानगरको कार्यालय अगाडिबाट गरिएको छ ।

भरतपुर वितरण केन्द्र अन्तरगत पर्ने मुख्य सहरी सडकहरुको एच।टी÷एट।टी लाईनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमहरु सुदृढीकण र एल।टी लाईनहरु बिछ्याउने आयोजना रहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा दुई वर्षभित्र सक्ने गरि भारतको बहुराष्ट्रिय कम्पनी टाटाले ठेक्का पाएको छ । यस आयोजनाको बजेट दुई अर्व ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँ रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत तार प्राणाली सुरक्षाका दृष्टिकोणले बहुउपयोगी रहेको बताएका छन् । उनले भूमिगत प्रविधिद्धारा सुदृढीकरण गरि गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवाप्रदान गरि सौन्दर्यकरण बढाउने उनले बताएका छन् ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परियोजनाले निर्धारित समयमा काम नगर्ने परिपाटीको विकास भएको भन्दै समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरिन् ।

प्रतिक्रिया सबै