२७ असार २०८१, बुधबार Wednesday 10 July, 2024

केन्यालाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

 शनिबार, भदौ १८ २०७९  

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराउँदै नेपालले जितेको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ओभर ३ बलमा सम्पूर्ण विकट गुमाउँदै मात्र २१३ रन बनाएको थियो ।

केन्याकालागि राकेप पटेलले ८१ रनको अर्धशतकीय पारी खेले । ९८ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै नेसन ओडियाम्बोले २८ रन बनाउँदा गेराड मुठीले २० रनको बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए ।

देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिएका हुन् । पहिलो एकदिवसीयमा नेपालले न्यालाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया सबै