१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बारामा डाँका समूह र प्रहरीबीच भिडन्त, वरिष्ठ सई घाइते

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।

करिब १५/२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेका थिए । उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुग्यो । प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए । त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको बुझिएको छ ।

भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ । बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले दुई जना डाँका पक्राउ परेको तथा घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको जानकारी दिए ।

उनका अनुसार डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

प्रतिक्रिया सबै