६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

टिकटक बनाउँदा भीरबाट खसेका एक युवकको मृत्यु

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर-३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर-७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया सबै