२४ असार २०८१, आईतवार Sunday 7 July, 2024

कुमारी बैंक र कृष्ण पोलीक्लिनिकबीच सम्झौता

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । कुमारी बैंक लिमिटेड र खैरेनी, रुपन्देहीस्थित कृष्ण पोलीक्लिनिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि (OPD) शुल्कमा ५० प्रतिशत, एक्स-रेमा १०प्रतिशत, ल्याब टेस्टमा १५प्रतिशत, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३-५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया सबै