१३ माघ २०७९, शुक्रबार Friday 27 January, 2023

मल नल्याउने दुई कम्पनी कालो सूचीमा

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ । ठेक्का सम्झौताअनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको हो ।

कृषि विकास मन्त्रालयलका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सिल्क (जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ का लागि यी दुई कम्पनीले ५० हजार मेट्रिकटन युरिया ५ हजार मेट्रिकटन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीको भनाई छ ।

कम्पनीको कारबाहीविरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकामा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कम्पनीका उनले बताए । गत र चालु आवका लागि प्रमुख बालीका लागि भन्दै ५० हजार मेट्रिकटन युरिया र ५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न विभिन्न समयमा कृषि सामग्री कम्पनीले ठेक्का सम्झौता गरेको थियो । युरिया ५० हजार मेट्रिकटन आयात गर्न पाँच नेपाली ठेकेदार कम्पनीहरुले संयुक्त ठेक्का गरेका थिए ।

जसमा थिए । सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्टिक्स र सिल्क मार्केट । उनीहरुलाई २५–२५ हजारको मेट्रिकटन युरिया आयातको ठेक्का परेको थियो भने डीएपी ५ हजार मेट्रिकटनका लागि नेपाली कम्पनी सिल्क मार्केटले ठेक्का पाएको थियो । दुई बंगलादेशी र एक नेपाली कम्पनी गरी तीन कम्पनीलाई कालोसूची सिफारिस गर्न थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया सबै