१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

अब शुक्रबार सेयर कारोबार बन्द

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । असोदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका प्रवक्ता मुरहारी पराजुलीका अनुसार आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको हो ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको हो ।

सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो ।

असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यन्वयनमा गर्‍यो । तर, तीन महिना नपुग्दै शुक्रबार सेयर कारोबार गर्ने निर्णयबाट नेप्से पछि हटेको छ ।

शुक्रबार कारोबार सुरु गर्दा पनि बोर्डकै निर्देशन रहेको र अहिले हटाउन पनि बोर्डको भूमिका रहेको नेप्सेका अधिकारीहरुको आरोप छ ।

प्रतिक्रिया सबै