६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

‘दलहरुमा गैरराजनीतिक चरित्र हावी भयो’

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा गैराराजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । आइतबार काठमाडौमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले गैरराजनीतिक चरित्र हावी भएकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोत साधन उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए ।

‘राजनीतिक दलहरुमा गैरराजनीतिक चरित्र हावी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछैन । जनता, राष्ट्र र समाजप्रतिको जिम्मेवारीबोधको भावना नै छैन । देशप्रतिको भावना, जनताप्रतिको समर्पणभाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरणबारे आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालले भने ।

 

प्रतिक्रिया सबै