३ असार २०८१, आईतवार Sunday 16 June, 2024

‘क्रान्ति’ भनेको मान्छेको जीवन बदल्ने कुरा हो : घनश्याम भुसाल

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले ‘क्रान्ति’ भनेको मान्छेको जीवन बदल्ने कुरा भएको बताएका छन् । आइतबार काठमाडौमा भएको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा उनले भावनाले मात्रै क्रान्ति नहुने बताए । ‘क्रान्ति भनेको मान्छेको जीवन बदल्ने कुरा हो’, उनले भने ।

‘भावना र कल्पनामा मात्रै बहकिने कुरा होइन’, भुसालले मारक्सको उदाहरण दिँदै भने— ‘भावना हुन्छ क्रान्तिमा, भावना हुन्छ जीवनमा तर स्वयं त्यो भावनाले जीवनलाई हेर्छ हेर्दैन ? भन्न सकिएन भने क्रान्ति कविता र अभिलाषामात्रै हुन्छ ।’

नेपालमा मार्क्सवाद र समाजवादको विकास गर्न तत्कालीन नेकपा विभाजन नभएको भए फड्को मार्ने सकिने आफुले देखेको उनले बताए । ‘अस्ति हामीले पार्टी एकता गर्यौ, तर केपी ओली र प्रचण्डको झगडा परेछ, अनि पार्टी विभाजन भएछ र फेरि अर्को कोर्षमा लागेछ । कुरा यतिमात्रै छैन । नेपालको मार्क्सवाद र समाजवादको इतिहासको कुरा गर्ने हो भने त्यो पार्टी एकताले एउटा असाधारण बाटो खोलेको थियो’, उनले भने ।

नेकपा नफुटेको भए १०, १२ वर्षमा सामाजिक, आर्थिक र सामाजिक फड्को मार्न सकिने भएपनि त्यसमा सामेल पात्रहरुका कारण समाजवाद अझ परपर गएको उनको भनाई थियो ।

प्रतिक्रिया सबै