१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

मोरङ सुधार केन्द्रबाट १३ जना फरार

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट १३ लागुऔषध दुर्व्यसनीहरु फरार भएका छन् । उनीहरु शनिबार साँझ पौने ७ बजेतिर सुधार केन्द्रबाट फरार भएका हुन् ।

उर्लाबारी नगरपालिका-७ स्थित जीवन बचाउ उपचार सेवा गृह (सुधार केन्द्र)बाट शनिबार साँझ उपचारका लागि भर्ना भएका लागुऔषधका दुर्व्यसनीहरु भागेको छन् ।

दुर्व्यसनमा फसेका लागुऔषधका सेवनकर्ता सुधार केन्द्रमा उपचार तथा सुधारका लागि राखिएका ३२ जनामध्ये १३ जना फरार भएको केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिए ।

साँझको खाना खाने समयमा उनीहरु फरार भएका थिए । केन्द्रमा रहेका ३ जना सुरक्षागार्डलाई डर र धम्क्याउँदै केन्द्रको ताला फोडेर उनीहरु फरार भए । झापा, मोरङ र सुनसरीसहित विभिन्न स्थानका लागुपदार्थ सेवनकर्तालाई सुधार केन्द्रमा राखिएको दाहालले बताए ।

सुधार केन्द्रबाट फरार भएका सबै जना परिवारको सम्पर्कमा पुगेर मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको दाहालले भने ।

सुधार केन्द्रबाट फरार भएकाको दृश्य सिसी टिभीमा कैद भएको र उक्त फुटेज प्रहरीलाई उपलब्ध गराई प्रहरीसँगको समन्वयमा उनीहरुको खोजी भइरहेको छ । यसअघि पनि यस सुधार केन्द्रमा राखिएकाको एक जनाको मृत्यु भएको र पटक पटक विवादमा पर्दै आएको छ ।

प्रतिक्रिया सबै