९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बालेनको एक्सन : कर तिर्न ७ क्यासिनोलाई ७ दिनको अल्टिमेटम

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई पत्र काटी मनोरञ्जन कर तिर्न पत्र पठाएको छ । महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र काटी सात दिनभित्र मनोरञ्जन कर तिर्न भनेका हुन् ।

डेल्टिन क्यासिनो होटल, मेरियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याट र्याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटल एलफ्ट र बेली क्यासिनो मल्ल होटललाई महानगरले पत्र काटेको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा उक्त क्यासिनोले पटक पटक ताकेता गरे पनि हालसम्म कर नतिरेको विभागीय प्रमुख अधिकारीले बताए ।

आव २०७५/०७६ देखि हालसम्म कर नबुझाएकोले प्रदेश आर्थिक ऐनले तोकेको दररटेमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको निणयानुसार लाग्ने जरिवानासमेत पत्र प्राप्त भएको मितिले ७ दिनभित्र बबरमहलमा रहेको विभागमा बुझाउन महानगरले क्यासिनोहरुलाई भनेको छ ।

कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरिने र सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया सबै