१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

जङ्गी अड्डामा भारतीय सेना प्रमुखको सम्मान र वृक्षरोपण

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाँडे आइतबार (१९ भदौ) देखि ५ दिने नेपाल भ्रमणमा आएका छन् । आइतबार अपरान्ह काठमाडौं आइपुगेका पाँडे लगत्तै निर्धारित कार्यक्रम तथा भेटघाटमा व्यस्त छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका हुन् । सोमबार बिहान सेना प्रमुख पाँडेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको थियो ।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन्।

 

प्रतिक्रिया सबै