६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

जबरजस्ती करणी गरेको अभियोगमा १ युवक पक्राउ

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय तिर्थराज गेलाल रहेका छन् ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी ईटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै