१० असार २०८१, आईतवार Sunday 23 June, 2024

सुरक्षागार्डलाई भेटेर रविले भने- ‘मन्त्रीलाई नियम सिकाएकोमा धन्यवाद’

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेका छन् ।

गुरुङसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै रविले भनेका छन्- ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु । कानुन सबैलाई बराबर हुन्छ ।’

भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भने थिए । तर, उनलाई प्रहरीले मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेका छन् ।

आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । ‘गुरुङको छोरो आवाज अली ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्‍यो’, रबिले लेखेका छन् ।

रविले भनेका छन्- ‘यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस् । दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’

 

प्रतिक्रिया सबै