८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ललितपुर बस्ने ३८ वर्षीया मिना सुब्बा पक्राउ

 सोमवार, भदौ २० २०७९  
फाईल फोटो (साँकेतिक) ।

काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा आइतबार प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा हुन् ।

जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया सबै