१० असार २०८१, आईतवार Sunday 23 June, 2024

भक्तपुरका प्रबिन किजु प्रकाउ

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित Info Techs Nepal Pvt. Ltd. मा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाई हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिई ठगी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको छ ।

उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको छ ।

प्रतिक्रिया सबै