१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ ।

जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्छन्, ‘डेङ्गु नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ ।’

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गु रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो ।

त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तर्क्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ ।

आजबाट प्रयोगशाला भएका वडाहरुमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुँदै छ । यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।

प्रतिक्रिया सबै