३ असार २०८१, आईतवार Sunday 16 June, 2024

पाँच बर्षमा जनताका काम गर्न सकेनौँ : प्रचण्ड

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बर्षमा जनताका काम गर्न नसकेको स्वीकार गरेका छन् ।

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् ।

अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा उनको धारणा थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत उनले बताए ।

अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत लगाए ।

ओली नेतृत्वको सरकारले संविधान उल्लंघन गरेर देशलाई प्रतिगमनमा लैजाने काम गरेको प्रचण्डले बताए । संविधान मिचेर अहिलेसम्मका उपलब्धि लत्याउँदै मुलुकलाई प्रतिगनतर्फ डोर्याउनेबाट बचाउन पुनः वर्तमान गठबन्धनको आवश्यकता परेको प्रचण्डले बताए । प्रचण्डले गठबन्धनबीच सिट वितरण र संघ तथा प्रदेश क्षेत्र एकै पटक टुङ्गो लगाउनुपर्ने र केही दिनमै यी सबै टुंगिने पनि दाबी गरे ।

प्रतिक्रिया सबै