३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

रुसी राजदूतावासमा आत्मघाती बम विष्फोट

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । अफगानिस्तानको काबुलस्थित रुसी राजदूतावासअघि सोमबार आत्मघाती बम विष्फोट भएको छ । विष्फोटमा परी दूतावासका दुई कर्मचारीसहित अन्य केही मानिसको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

इस्लामिक स्टेट (आईएस)ले यो आक्रमणको जिम्मेवारी लिएको छ । विष्फोटको समयमा त्यहाँ धेरै रुसी कर्मचारी थिए भने धेरै मानिसहरु भिसा लिन लाइनमा उभिएका थिए ।

आईएसले जारी गरेको सन्देशअनुसार यो विष्फोटमा समग्रमा २५ जना मानिसहरु घाइते भएका वा मारिएका छन् । मृत्यु हुनेमा कम्तीमा दुईजना रुसी कर्मचारी छन् । हताहतीमा पर्नेमा तालिबानका सदस्य पनि थिए, जो दूतावासको सुरक्षामा खटिएका थिए ।

आईएसले आक्रमणकारीको नाम ‘वकास अल महाजिर’ भएको बताएको छ । यसअघिको आक्रमणजस्तै आईएसले पुनः हाइ प्रोफाइल क्षेत्रमा आक्रमण गरेको हो ।

तालिबानले आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। साथै रुसी कर्मचारीको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेको छ । अफगानिस्तान प्रहरीका अनुसार विष्फोटको समयमा भिसा लिन पुगेका चार अफगान नागरिकको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया सबै