३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

लिज ट्रसलाई देउवाले दिए बधाई

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रसलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । देउवाले भनेका छन्, ‘ नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि म बेलायत प्रधामन्त्री ट्रससँग सहकार्य गर्न तत्पर छु ।’

४७ वर्षीया लिज ट्रस कन्जर्भेटिभ पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनेछिन् ।

ट्रसले आज नयाँ प्रधामन्त्रीको रुपमा आफूलाई सहयोग गर्न र नयाँ सरकार बनाउन महारानीलाई जानकारी गराउने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया सबै