१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

आँचलको क्रेज

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । अभिनेत्री आँचल शर्माको क्रेज चितवनमा राम्रै देखिएको छ । आफ्नो फिल्म ‘झिँगेदाउ’को प्रतिक्रिया प्रतिक्रिया बुझ्न सोमबार गृह जिल्ला चितवनमा पुगेकी आँचल दर्शकमाझ घेरिएकी थिइन् ।

क्युएफएक्सको जलमा र इन्द्रदेव हल पुग्दा आँचलसँग फोटो खिच्ने दर्शकको उल्लेख्य भिड थियो । सोमबार चितवनका हलमा ‘झिँगेदाउ’ ८० प्रतिशत माथिको अकुपेन्सीका साथ प्रदर्शन भएको निर्माण टिमले जनाएको छ ।

फिल्म हेर्ने दर्शकमा महिलाको उपस्थिती उल्लेख्य रहेको निर्माण टिमको भनाई छ । परिवारसहित सिनेमा हेर्न पुगेकी एक वृद्धाले आँचल भेट्दा आफूलाई सम्हाल्न सकिनन् । उनले आँचललाई अँगालो हाल्दै आँसु झारेकी थिइन् । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ ले ‘वर्ड अफ माउथ’का कारण दर्शक तान्न सफल भएको छ ।

आमा, छोरा र बुहारीको कथा भन्ने ‘झिँगेदाउ’मा आँचलका साथमा केकी अधिकारी मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाले लगानी गरेका हुन् । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ ।

प्रतिक्रिया सबै