१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

योगेशको अभाव महसुस गरिरहन्छिन् रामकुमारी झाँक्री !

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीको दोस्ती गहिरो छ ।

बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा रामकुमारीले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुस गर्ने गरेको उल्लेख गरेकी छन् । ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,’ उनले लेखेकी छन् ।

२०५४ मा एमाले विभाजित भएर एमालेका बन्दा योगशसँगै रामकुमारी मालेतिर लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन् । जसमा योगेशहरूको महत्वपूर्ण सहयोग थियो ।

झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए ।

आफू निरन्तर संवादमा रहने र सल्लाह सुझावसमेत लिने भूसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।

प्रतिक्रिया सबै