८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

राष्ट्रियसभाबाट कारागार विधेयक पारित

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । राष्ट्रियसभा बैठकमा कारागार विधेयक २०७९ पारित भएको छ । मंगलबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ बहुमतले पारित भएको हो ।

त्यस्तै, बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

कृषिमन्त्री मृगेन्द्र कुमार सिंहले प्रस्तुत गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक भाद्र २६ गते बोलाइएको छ ।

प्रतिक्रिया सबै