६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

संसद्‌मा प्रेम सुवालको प्रश्न : पञ्चायत र गणतन्त्रमा के फरक छ ?

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले ‘पञ्चायत र गणतन्त्रमा के फरक छ ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको संसदको समयावधि थप्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै सुवालले भने— ‘पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौ, त्यसपछि बहुदल र गणतन्त्र आयो । यतिवेला पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ ?’

पात्र फरक भएपनि काम उही हुने गरेको भन्दै उनले निर्वाचन घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र संसदको पनि अन्त्य हुनेछ भनेर लेखेको भए अहिले यो समस्या नै नहुने बताए । संसदको कार्यकाल लम्ब्याउने विषयमा सञ्चारमाध्यममा आएका समाचारका डेडलाइन पढ्दै लाजमर्दो विषयमा सरकारको ध्यान जाननसकेको उनले बताए ।

प्रतिक्रिया सबै