९ असार २०८१, शनिबार Saturday 22 June, 2024

चुनाव चिह्न गाई नपाएपछि कमल थापाको आक्रोश- न्यायाधीशलाई जीवनभर पोल्नेछ !

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति आक्रोस व्यक्त गरेका छन् ।

मंगलबार सर्वोच्चले गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै थापा पक्षले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएपछि उनले आक्रोस व्यक्त गरेका हुन् ।

‘गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिह्न रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र ुसेटिङुले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला’, उनले भने ।

फैसला गर्ने न्यायाधीशरूले कुन कानुनमा टेटेर फैसला गरेको भनेर जवाफ दिनुपर्ने पनि उनले बताएका छ्न । ‘ओठे जवाफ दिन सकिएला । तर, उहाँहरूको अन्तर्आत्माले उहाँहरूलाई जीवनभर पोलिरहने छ । झण्डामा गाई राख्न पाइने चुनाव चिह्न बनाउन नपाउने १ निर्वाचन आयोग र अदालतको वाह ! क्या गजबको निर्णय र न्याय !’, उनले भने । तर, आफूहरू हतोत्साहित नभएको पनि उनले बताए ।

प्रतिक्रिया सबै