६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंगलबार साँझ ६ बजेदेखि बसेको बैठकमा लामो छलफल भएपनि सहमति भने हुन सकेको थिएन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइएको छ । कार्यदलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया सबै