३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीमा उजुरी परेको छ । काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले मंगलबार लामिछानेविरुद्ध जाहेरी परेको बताएका छन् ।

एक किशोरीले सन्दीपविरुद्ध यौनजन्य कसुरमा जाहेरी दिएको र अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए । सन्दीप हाल क्यारेबियन प्रिमियिर लिग क्रिकेट खेल्न विदेशमा छन् ।

एक किशोरीले सन्दीपविरुद्ध जजक कसूरमा प्रहरी बृत्त गौशालामा जाहेरी दरखास्त हालेकी हुन् । लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका बिभिन्न स्थानहरुमा घुमाएर काठमाडौंको एक होटलको कोठामा ल्याइ जबर्जस्ती सम्बन्ध राखेको उनको दावी छ ।

प्रहरीदले जाहेरी दर्ता गरी किशोरीको एकद्वार संकट ब्यवस्थापन केन्द्रमा बिस्तृत स्वास्थ्य परीक्षण गराइसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया सबै