३० असार २०८१, शनिबार Saturday 13 July, 2024

रुसले युक्रेन युद्धको लागि उत्तर कोरियासँग हतियार किनेको दाबी

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको कारण रुसले युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किनेको अमेरिकी अखबार न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता पश्चिमा मुलुकहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउँदै आएका छन् । त्यसैले रुसले उत्तर कोरियाबाट हतियार खरिद सुरु गरेको हो ।

समाचारमा उल्लेख गरिएअनुसार रुसले उत्तर कोरियाबाट धेरै रकेट र तोप पनि खरिद गरेको छ । एक अमेरिकी अधिकारीका अनुसार युक्रेनसँगको युद्ध लामो समय चलेको अवस्थामा रुसले उत्तर कोरियाबाट अझै धेरै हतियार खरिद गर्ने सम्भावना छ ।

गत साता मात्र रुसले इरानी ड्रोनको एक खेप पाएको समाचार सार्वजनिक भएको थियो ।

इरान र उत्तर कोरियामाथि पनि पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाउँदै आएका छन् । यस्तो अवस्थामा रुसले पनि यी दुई मुलुकसँगको सम्बन्ध थप बलियो बनाउने प्रयास गरिरहेको छ ।

गत महिना उत्तर कोरियाले पूर्वी युक्रेनको दुई क्षेत्र डोनोट्स र लुहान्स्कलाई स्वतन्त्र क्षेत्रको मान्यता दिएको थियो ।

प्रतिक्रिया सबै