६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

घाँस काट्न गएका दुई किशोरी मृत फेला

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । धनुषामा घाँस काट्न गएकी दुई किशोरी मृत फेला परेकी छन् ।

धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नम्बर ६ र ७ को बीचमा पर्ने बीर्ता चौरी (खेत) मा दुई किशोरी मृत फेला परेकी हुन् ।

मंगलवार दिउँसो गाउँलेले खेत जाने क्रममा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले कानूनी प्रक्रिया पुरा गरी दुवै युवतीको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

प्रहरीका अनुसार नगराईन नगरपालिका-७ का दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत, मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थित हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्री भन्छन्, ‘घटनाको प्रकृति हेर्दा न हत्या भएको देखिन्छ, न बलात्कार । उनीहरु विष सेवन गरेर आत्महत्या गरेको अनुमान छ । तर पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न सकिदैन ।’

घटनापछि मृतक दुवै किशोरीको अभिभावकसँग प्रहरीले सोधपुछ गरेका छन् । तर अभिभावकले मृत्युको कारण आफैलाई थाहा नभएको वयान दिएको एक प्रहरी अधिकारीले बताए ।

 

 

प्रतिक्रिया सबै