९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सन्दीपको विषयमा छलफल गर्न क्यानको बैठक बस्दै

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ ।

सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ । सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ । सो बारेमा छलफल गर्न क्यानको बैठक बस्न लागिएको हो ।

काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया सबै