१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

९ जिल्लाका सीडीओको सरुवा

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मंगलबार अपरान्ह काठमाडौं र ललितपुरसहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

निर्वाचनका कारण कर्मचारी सरुवा गर्न नपाइने भएपछि गृहले ९ जिल्लामा भने काजमा सरुवा गरेको हो । यसअघि नै निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रमुख र सीडीओ सरुवा गर्नु पर्ने भए समयमै सरुवा गर्न भनेको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकार घनश्याम उपाध्यायलाई काठमाडौं सरुवा गरिएको छ । ललितपुरमा जयनारायण आचार्य र कास्कीमा टेकबहादुर केसी सरुवा भएका छन् ।

जुम्लामा मुकेश केसरी, दैलेख गगनबहादुर हमाल, पाँचथर गणेश गैरे, संखुवासभा वीरेन्द्र यादव, उदयपुर जनार्दन गौतम र सप्तरीको सीडीओमा नरहरि खतिवडालाई सरुवा गरिएको छ ।

प्रतिक्रिया सबै