६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

समाजवादी प्रेस संगठनले भन्यो- सञ्चारमन्त्रीले स्वतन्त्र प्रेसको घाँटी निमोठे

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनले सरकारले सदनमा पेस गरेको मिडिया काउन्सिल विधेयकको विरोध जनाएको छ ।

सञ्चारमाध्यम र सांसदको सुझावलाई बेवास्ता गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक पास गर्न दबाब दिएर स्वतन्त्र प्रेसको घाँटी निमोठेको अध्यक्ष शम्भु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संगठनले समाचार सम्प्रेषण गरेबापत दण्ड, सजाय, दर्ता खारेजीदेखि क्षतिपूर्तिसम्मका बुँदाहरू संविधानविपरीत कार्य भएको उक्त प्रावधानको आपत्ति जनाएको छ ।

‘पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउँदै सरकार र प्रेस जगत् बीचको पुलको काम गर्नुपर्ने मिडिया काउन्सिललाई यस विधेयकले अर्धन्यायिक अधिकार प्रदान गर्नु प्रेसमाथि अंकुश लगाउनु हो । समाचार सम्प्रेषण गरेबापत दण्ड, सजाय, दर्ता खारेजीदेखि क्षतिपूर्तिसम्मका बुँदाहरू संविधानविपरीत कुरा हुन्’, विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया सबै