३० असार २०८१, शनिबार Saturday 13 July, 2024

अब प्रचण्डको नेतृत्वमा मुलुक चल्नुपर्छ : पञ्चा सिंह

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जसले परिवर्तनको नेतृत्व गर्‍यो उसैले सरकारको नेतृत्व गर्नुपर्ने बताएकी छन् । चुनावलक्षित ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले प्रचण्डको नेतृत्वमा अब मुलुक चल्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्- ‘आज हामी लाखौं मतदाता थप्ने र माओवादी पार्टी र अध्यक्ष प्रचण्डलाई मुलुकको चालक सीटमा पुर्‍याउने अभियानमा छौं । आज मुलुकको अवस्था बदल प्रचण्डलाई चालक सीटमा देख्न चाहेको छ देशले । परिवर्तनको संस्थापक माओवादी पार्टी र प्रचण्डको नेतृत्वमा अब मुलुक चल्नुपर्छ ।’

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आउने चुनावबाट प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि अभियान सञ्चालन गर्ने भएको छ । क्रान्तिकारीले १२ लाख सदस्य पुर्‍याउने अभियानसहित क्रान्तिकारी फोर्स घोषणा गरेको छ ।

 

प्रतिक्रिया सबै