६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

सभामुखसँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डानियल सालमोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज बिहान सिंहदरबारमा रहेको कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको र उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे । उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए । यस्तै, फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डानियल सालमोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे ।

प्रतिक्रिया सबै