१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गुल्मीले नयाँ अनुहार खोजेको छ : झाँक्री

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी-२ ले चुनावमा पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार खोजेको बताएकी छन् ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले चुनावमा आफुले जित्ने पनि दावी गरेका छन् । चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको भन्दै उनले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार पर्ने बताइन् ।

उनले स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने बताइन् । एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक-फरक कुरा गरेर जनतालाई झुक्याएको उनले आरोपसमते लगाईन् ।

आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्- ‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

प्रतिक्रिया सबै