८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

दरबारमार्गको क्लबमा ग्याङ फाइट हुँदा १ जना घाइते, १० जना पक्राउ

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा ग्याङ फाइट भएको छ । गएराति क्लबमा दुई पक्षबीच ग्याङ फाइट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार ग्याङ फाइट हुँदा एक जना घाइते भएका छन् भने उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अन्य केही व्यक्‍तिहरू पनि सामान्य घाइते भएका छन् । प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया सबै