९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो ।

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बिहीबार अपरान्ह जिल्ला अदालतले अनुमति दिएको बताए । सन्दीपविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा पक्राउ गर्न अनुमति माग गरेको थियो ।

एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध भदौ २३ गते जाहेरी दिएकी थिइन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

अनुमति पाएसँगै अब प्रहरीले सन्दीपलाई जुनसुकै समयमा पक्राउ गर्न सक्छ । सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

यो पनि 

कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई सन्दीपको आग्रह

प्रतिक्रिया सबै