download zoom recording from shared link firefox zoom installation error 10002 - zoom installation error 10002 how do download zoom app zoom meeting laptop download zoom meeting app for pc free download facetime zoom app download zoom 3.6
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

टिकटक बन्द गर्न माग गर्दै सडकमा युवा

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । नेपालमा टिकटक एप बन्द गर्न माग राख्दै युवाहरुले आज जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

‘टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका युवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने युवाहरुको भनाई छ ‌‌।’ कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया सबै