१० असार २०८१, आईतवार Sunday 23 June, 2024

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन

 शुक्रबार, भदौ २४ २०७९  

काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो ।

‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ ।

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो । रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् ।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ । करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ । उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ ।

प्रतिक्रिया सबै