९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कोरोनाबाट थप २ जनाको मृत्यु, १५२ संक्रमित

 शुक्रबार, भदौ २४ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ वटा नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट आज दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ ।

यो अवधिमा १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया सबै