१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइन्छ : राजेन्द्र लिङ्देन

 शुक्रबार, भदौ २४ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ओमबार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताए ।

नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको भन्दै उनले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको बताए । अध्यक्ष लिङदेनले हिन्दुराष्ट्रको समाप्त पार्नेहरुको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गरे ।

‘जसले हाम्रो सांस्कृतिक पहिचानहरुमाथि आक्रमण गर्न अथवा हामीलाई विभाजित हुन सिकायो, जसले हिन्दुराष्ट्र समाप्त गर्न हामीलाई नै प्रयोग गर्‍यो तिनीहरुको अभिष्ट अहिले पनि पूरा भएको छैन । यतिले उनीहरुलाई पुगेको छैन । आज तपाईहरुले याद गरेको छ कि छैन आज नेपालको निर्णायकत्व हाम्रो हातबाट फुस्कीएर गएको छ’, उनले भने, ‘आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ । त्यसकारण यो धर्मको कुरो मात्रै होइन हाम्रो पहिचान, एकता, हाम्रो अस्तित्व र हाम्रो सार्वभौमिकताको प्रश्न हो हिन्दु राष्ट्र भन्ने कुरा’

प्रतिक्रिया सबै