८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

माओवादीले ल्याएको व्यवस्थामा अरुले रजाइँ गर्दा समस्या भयो : देवेन्द्र पौडेल

 शनिबार, भदौ २५ २०७९  

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेकपा माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नु पर्ने बताएका छन् ।

शनिबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्बोधन गर्दै माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको भन्दै माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादीनिकट पत्रकारले प्रचार मोर्चा सम्हाल्नुपर्ने बताए ।

प्रेस सेन्टरका पत्रकारहरूले व्यावसायिक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै उनले आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह पनि गरे ।

प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पोलिटब्युरो सदस्य राजकाजी गुरूङ, पोलिटब्युरो सदस्य किशन शर्मा पनि उपस्थित थिए ।

प्रतिक्रिया सबै