३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । अहिले दुइटा प्रदेशमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । यतिबेला कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

‘अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद्ले बताए ।

बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया सबै