६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

बुटवलमा विद्यालय हिँडेका ३ बालक बेपत्ता

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका ३ बालक बेपत्ता भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी २ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

शुक्रबार विद्यालय गएका उनीहरू आज आइतबार बिहानसम्म सम्पर्कमा नआएको परिवारले बताएका छन् ।

नविन औद्योगिक मावि कक्षा ९ मा पढ्ने २ जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना विद्याालय जान भनेर सँगै घरबाट निस्के पनि विद्यालयमा हाजिर भएका छैनन् ।

इलाका प्रहरी कार्यालय (बुटवल) का डीएसपी ठगबहादुर केसीले बालकहरू यहाँ छन भनेर अझै पत्ता नलागेको बताए ।

 

प्रतिक्रिया सबै