३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

गठबन्धनका शीर्ष नेताको बैठक ११ बजेका लागि सर्‍यो

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक ११ बजेसम्मका लागि सरेको छ ।

आइतबार (२६ भदौ) बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक ११ बजे बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि शनिबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविनै सकिएको थियो ।

बाँडफाँट कार्यदलले बुझाएको अपुरो प्रतिवेदनसहित शीर्ष नेताहरुले भागवण्डाको टुंगो लगाउनेगरी छलफल अघि बढाएका छन् ।

तर, दलहरु आ-आफ्नो अडानबाट पछि नहटेसँगै सहमति हुन सकेको छैन् । शनिबारको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन् ।

सम्मानजनक सिट नपाएको खण्डमा आफू गठबन्धनबाट बाहिरिने संकेत यादवले गरेका छन् ।

प्रतिक्रिया सबै