१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गुल्मी-२ मा रामकुमारी झाक्रीको नाम सिफारिस

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । नेकपा समाजवादी गुल्मीले रामकुमारी झाक्रीको नाम प्रतिनिधि सभा क्षेत्र नम्बर-२ का लागि सर्वसम्वत रुपमा सिफारिस गरेको छ ।

उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन् । केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाक्रीले निर्वाचन तयारी गरिरहेकी छन् ।

पूर्व शहरी विकासमन्त्री झाक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी छन् ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनमा उम्मेदवार विष्टले जितेका थिए । उक्त क्षेत्रमा पुरानो साख कायमै राख्न विष्ट पनि सक्रिय रहेका छन् ।

प्रतिक्रिया सबै