www zoom co jp english download index html zoom cloud meeting download for pc windows 10 64 bit zoom installation error 10002 - zoom installation error 10002 zoom client app pc - zoom client app pc download zoom on desktop computer download zoom for firefox join zoom meeting by app download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

विदेशी कविता : भिसा आउनु कहिले पैसा माग्छन् पहिले !

 आइतवार, भदौ २६ २०७९  

कविता : विदेशी कविता

साह्रै राम्रो देश रछ बहराइन, कतार
युवाहरु साह्रै गर्यौ विदेश जाने हतार
भिसा आउनु कैलेकैले, पैसा माग्छन् पैले
सबै पैसा दिएपछि थाहा पाएँ मैले ।

कैले भिसा आउँछ भनी अफिस धाउनुपर्छ
अफिस सधैं धाउँदाधाउँदा जोश-जाँगर मर्छ
बल्लबल्ल एक वर्षमा भिसा पनि आउँछ
बल्ल भिसा आएपछि मन पनि रमाउँछ ।

बल्ल पुग्छु अरब राष्ट्र होशै हराउँछ
आमाबाबु सधैं सम्झी मनै सताउँछ
एक लाख पैसा तिरीवरि बल्ल अरब आइयो
काम गर्नु छ चर्को घाममा पाउनु दुःख पाइयो ।

कति बस्छौं तिमीहरु अरबीको डरमा
आमाबाबु झट्ट सम्झी आउ चाँडै घरमा
इन्डियाको गहुँ लगी खान्छ सधैं खबुज
विश्वभरमा अरबी नै हुन्छ साह्रै अबुझ ।

नेपालको युवाहरु अरब देशमा लगी
पचास हजार हुन्छ भन्दै मेनपावरले ठगी
फर्किजाउँ भने पनि कैले तिर्नु रिन
अरबीको व्यवहार देख्दा लाग्छ साह्रै घिन ।

कोहीँ जान्छ मलेसिया, कोहीँ जान्छ अरब
झुक्याएर पठाउने मेनपावर नै खराब
बोलुङ बसुङ सबै मिली आफ्नै भाषावेशमा
काम गरुम उघोग खोलौं हाम्रो आफ्नै देशमा ।

 

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल ललितपुर ।

प्रतिक्रिया सबै