१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

महाअभियोग सिफारिस समितिमा जबराको बयान

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक जारी छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जारी बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिइरहेको छ । जबराको आइतबार चौथो दिनको बयान हो ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

 

प्रतिक्रिया सबै