३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर, अटेर गरे बल प्रयोग गर्ने चेतावनी

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन थालेको छ । उक्त क्षेत्रमा रहेका फुटपाथ हटाउन पटक पटक माइकिङ गर्दै आएको महानगरले अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा डोजर चलाएको थियो ।

सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएपनि सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन थालेको हो । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त क्षेत्रमा महानगरले डोजर चलाएको हो ।

महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने उनको भनाई छ । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

प्रतिक्रिया सबै