१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

कृष्णबहादुर महरा दाङ-२ बाट उम्‍मेदवार सिफारिस

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको नाम दाङ क्षेत्र नं. २ बाट सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ ।

केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डका अनुसार नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए । सोही क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।

निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्र्धा हुने आकलन छ । ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए ।

प्रतिक्रिया सबै